नेपालमा एकैदिन २०२० कोरोना संक्रमित थपिए,थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्‍यो

नेपालमा एकैदिन २०२० कोरोना संक्रमित थपिए,थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्‍यो

काठमाडौं, २ असोज ।

नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै २ हजार २० जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म ४३ हजार ८२० जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा८७१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ। गत २४ घण्टामा ११ हजार ४५८ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ७ हजार ७३६जना क्वारेन्टिनमा रहेका छन्।

कोरोना संक्रमणबाट बिहीबार चारजनाको मृत्यु भएको थियो । त्यसैगरी कोरोना संक्रमणकै कारण बुधबार देशभर ८ जनाको मृत्यु भएको थियो भने मंगलबार ११ जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।