काठमाडौँका ६९८ सहित उपत्यकामा थपिए ८५९ कोरोना संक्रमित

काठमाडौँका ६९८ सहित उपत्यकामा थपिए ८५९ कोरोना संक्रमित

काठमाडौँ,२ असोज  ।

काठमाडौँ उपत्यकामा आज ८५९ जना कोरोना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभर ६३९ महिला र १३ सय ८१ पुरुष गरि कुल २०२० जना संक्रमित थपिएको जानकारी दिएका छन् ।