आइतबार थप २ हजार ९४२ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

आइतबार थप २ हजार ९४२ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं, २ कात्तिक ।

नेपालमा आइबार २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्‍वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २ हजार ३२६ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ८७५ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।  हालसम्म कुल १२ लाख ८३ हजार ३५४ नमूनाको पिसीआर परीक्षण सम्पन्‍न भएको छ । आइतबारसम्म ४ हजार ८३१ जना क्‍वारेन्टाइनमा रहेका छन् भने ३९ हजार ३४१ जना आइसोलेसनमा रहेका छन् ।  नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ रहेको छ।