आज काठमाडौँ उपत्यकामा थपिए १६ सय ९८ संक्रमित

आज काठमाडौँ उपत्यकामा थपिए १६ सय ९८ संक्रमित

काठमाडौं,२ कात्तिक ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जना संक्रमित थपिएका छन्।

काठमाडौंमा एक हजार ४६९ , ललितपुरमा १३० र भक्तपुरमा ९९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घन्टामा देशभर २९४२ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमितमध्ये २ हजार ३२६ जना निको भएर डिस्चार्ज भएका छन् ।