फर्निचर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने चयन

फर्निचर व्यवसायी महासंघको अध्यक्षमा न्यौपाने चयन

चितवन , ४ माघ ।
नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । महासंघको सौराहामा शनिवार सम्पन्न पाँचौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनले मकवानपुरका न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।

दुई वर्षे कार्यकालका लागि महासंघको बरिष्ठ उपाध्यक्षमा सुजिल श्रेष्ठ,प्रथम उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ,द्धितिय उपाध्यक्षमा सहदेव अर्याल र तृतिय उपाध्यक्षमा मथुरा कुमार जोशी निर्वाचित भएका छन् । महासंघको महासचिवमा ओम वहादुर वस्नेत,कोषाध्यक्षमा हरिकुमार राजभण्डारी,सचिवमा राजकुमार दाहाल,सहकोषाध्यक्षमा दिनेशकुमार अग्रवाल चयन भएका छन् । आजिवन सदस्यमा ओमप्रकाश लोहीया,एसोसियट सदस्यमा अजय धिरईया र खिलानाथ फुयाँल तथा सदस्यहरुमा विरञ्जना घिमिरे, हरिकुमार शर्मा,अशोक कुँवर,खगेन्द्र खरेल,प्रेमवहादुर थापा,वद्री प्रसाद हुमागांई,कृष्ण प्रसाद अधिकारी चयन भएका निर्वाचन समिति सदस्य अधिवक्ता माधव मैनालीले जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता मुकुन्द शर्मा पौडेलले प्रमाणपत्र वितरण गर्नुका साथै सपथ ग्रहण गराएका छन् । महासंघको २५ सदस्यीय कार्यसमिति रहने विधानमा उल्लेख रहेकोमा वाँकी सदस्य मनोनित गरिने नवनिर्वाचित अध्यक्ष रामप्रसाद न्यौपानेले वताए । नेपालभर करिव २२ हजार फर्निचर तथा फर्निसिङ्ग व्यवसायी रहेका छन् । महासंघको ३० जिल्लामा संगठन विस्तार भएको छ ।