चितवन कोरोना अपडेट: निको हुने चार हजार नाघे,८४ जनाको मृत्यु

चितवन,३ मंसिर ।
चितवनमा कोरोनाबाट निको हुनेको संख्या चार हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार बुधबारसम्म कोरोनालाई जितेर घर जानेको संख्या चार हजार ६० पुगेको छ । पछिल्लो २४ घण्टामा १६५ जना संक्रमितले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । अब जिल्लामा सक्रिय संक्रमितको संख्या एक हजार १४० रहेको छ ।

सक्रिय संक्रमितहरुमध्ये एक हजार १७ जना होम आइसोलेसनमा छन् भने १२३ जना मात्रै संस्थागत आइसोलेसनमा छन् । हालसम्म पाँच हजार २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालले जानकारी दिइन् । बुधबारसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।