नेपाल जेसिजको नेतृत्व लिन खनाल र भण्डारी भिड्दै, आज मतदान

नेपाल जेसिजको नेतृत्व लिन खनाल र भण्डारी भिड्दै, आज मतदान
बुटवल, ३ पौष ।
नेपाल जेसिजको बर्ष २०२१ को नेतृत्व लिन दुईजना मैदानमा उत्रिएका छन् । राष्ट्रिय अध्यक्ष पदको लागि अरुणेश्वर खनाल र लालमणी भण्डारी निर्वाचनमा होमिएका छन् । राष्ट्रिय अध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दिएता पनि अन्तिम उम्मेदवारीमा दुईजना मात्रै भएका छन् ।
भलवारी जेसिजको आतिथ्यतामा रुपन्देही भइरहेको नेपाल जेसिजको ४७ औं राष्ट्रिय महाधिवेशनमा एक अध्यक्ष, ४ कार्यकारिणी उपाध्यक्ष, १२ उपाध्यक्ष पदको लागि निर्वाचन हुदैछ । अध्यक्ष पदमा दुईजना, कार्यकारिणी उपाध्यक्ष पदको लागि १० जना र उपाध्यक्ष पदको लागि ३६ जना चुनावी मैदानमा भिड्न लागेका हुन् ।