फेसबुकमा अश्लिल सन्देश पठाउने चितवन माडीका एक पुरुष पक्राउ

फेसबुकमा अश्लिल सन्देश पठाउने चितवन माडीका एक पुरुष पक्राउ

चितवन, ३ पुष ।

फेसबुकमा फेक आईडी बनाई नजिकको नाता पर्ने महिला कसरा (नाम परिवर्तित)लाई अश्लिल सन्देश पठाउने चितवनको माडी नगरपालिका वडा नं ६ कल्याणपुर बस्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
महिलालाई यौनजन्य, अश्लिल सन्देश तथा तस्विर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामग्री पोष्ट गरि अपमान गर्ने र हैरानी दिने कार्य गरेको अभियोगमा माडी–६ कल्याणपुरका बर्ष ३५ को थम बहादुर विश्वकर्मालाई चितवन प्रहरीको सहयोगमा प्रहरीको केन्द्रिय साइबर ब्युरोले बिहिबार चितवनबाट पक्राउ गरेको हो । विश्वकर्मालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, ०६३ को दफा ४७ बमोजिम कारबाहीमा गर्ने गरि थप अनुसन्धान भइरहेको केन्द्रिय साइबर ब्युरोका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक नविन्द अर्यालले जानकारी दिए ।
त्यस्तै, फेक इमेल बनाई परिचित महिला साथी महालक्ष्मी (नाम परिवर्तित) लाई आफुसँग अर्धनग्न तथा नग्न तस्विर भएको र सो तस्विर सार्वजनिक नगर्नका लागि ७० लाख माग गर्ने, यौन उत्पिडन दिने मोरङ विराटनगर नगरपालिका वडा नं ३ घर भई हाल काठमाडौँ बुढानिलकण्ड नगरपालिका वडा नं ७ गल्फुटार बस्ने बर्ष ३३ को सुमन रेग्मीलाई पनि प्रहरीले बिहिबार नै पक्राउ गरेको छ ।
उनीहरुलाई एक लाख रुपैयाँ सम्म जरिवाना वा पाँच बर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।