ईजाजत विना सञ्चालित चितवन मुटु अस्पताल बन्द गर्न निर्देशन

चितवन, ३ पुष ।
ईजाजत विना सञ्चालित भरतपुर–१० स्थित चितवन मुटु अस्पताल बन्द गर्न जिल्ला प्रशासन कार्यालय र स्वास्थ्य कार्यालय चितवनले निर्देशन दिएको छ । प्रशासनको समन्वयमा स्वास्थ्य कार्यालयले अस्पताल तत्काल बन्द गर्न अस्पताल सञ्चालकलाई शुक्रबार लिखित निर्देशन दिएको हो ।


‘अस्पताल दर्ताकै प्रकृयामा रहेको छ, हामिले नै सिफारिस गरेका हौँ’, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले भने, ‘हाललाई तत्काल बन्द गरेर तीन दिन भित्र स्पष्टिकरण दिन भनेका छौँ । स्पष्टिकरण आएपछि कस्तो कारबाही हुने प्रशासनसँग छलफल गर्छाैँ ।’ मुटु अस्पतालले २५ शैयाको स्विकृति दिन माग गरेको छ ।