बाघको आक्रमणबाट करिब ५ महिनाको गैंडाको मृत्यु

file

चितवन, ३ पुष ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नमुना सामुदायिक वनको बिजुली घोल क्षेत्रमा आज एउटा गैंडा मृत फेला परेको छ ।
बाघको आक्रमणका कारण करिब ५ महिनाको गैंडाको बच्चाको मृत्युु भएको निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले बताए । यससंगै चितवन राष्ट्रिय निकुञ्जमा यस आव ०७७/७८ को हालसम्म मर्ने गैंडाको संख्या १८ पुगेको छ । फोटो : फाइल