पिकअप भ्यान दुर्घटना हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कामदारको दुर्घटनामा निधन

पिकअप भ्यान दुर्घटना हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कामदारको दुर्घटनामा निधन

पोखरा,६ फागुन ।

पिकअप भ्यान दुर्घटना हुँदा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कामदारको निधन भएको छ । सोमबार राति साढे ८ बजे भएको दुर्घटनामा परी स्याङजा बिरुवाका २७ वर्षीय यामबहादुर मगरको निधन भएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले पुष्टि गरे ।

रातिको समयमा सामान सार्ने क्रममा आयोजनाको ड्रेनमा गाडी फसेपछि पिकअप भ्यानमा पछाडी बसेका मजदुरहरु डरले हाम फालेका थिए । हाम फालेका मजदुरहरुलाई प्रदेश नम्बर ३ ०१०२२ च ०६६१ नम्बरको पिकअपले किचेको बताइएको छ ।

अर्का एकजना घाइते छन् । घाइतको मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकारी कृष्ण चापागाईले जानकारी दिए ।

आयोजनाको चाइनिज कन्ट्रयाक्टर सिएएमसीको सब कन्ट्रयाक्टरको रुपमा ड्रेनमा काम गर्दै आएका ३७ वर्षीय गाडी चालक चाउ हाइनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।