प्रधानमन्त्री र अख्तियारलाई व्यंग्य गर्दै संसदमा गगनले सुनाए बालुवाटार स्वस्थानी

प्रधानमन्त्री र अख्तियारलाई व्यंग्य गर्दै संसदमा गगनले सुनाए बालुवाटार स्वस्थानी

काठमाडौं,६ फागुन ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता गगन थापाले बालुवाटार जग्गा प्रकरणबारे व्यंग्य गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठक स्वस्थानी वाचन शैलीमा व्यंग्य गरेका हुन्।

संसदमा बोल्दै कांग्रेस नेता थापाले भने ‘कुमार जी आज्ञा गर्नुहुन्छ हे विष्णुमणी। अब उपरान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु। थाहा पाइ हाले होइन होइन भन्नु। चित्त बुझाउन नसके, अप्ठ्यारोमा नि परेको भए चोरीको सामान फर्काउनु र दुई पटक विष्णु विष्णु भन्नु।’

स्वस्थानी वाचन गर्ने शैलीमा थापाले भने ‘त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खडग उचाल्नु र चार पटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन्। इति श्री अख्तियार पुराणे कुमार विष्णु संवादे श्री स्वास्थानी ब्रतकथा हे बालुवाटार प्रकरण बर्णानाम प्रथम अध्याय।’