खैरहनी उद्योग बाणिज्य संघको अधिवेशन जेठमा

खैरहनी उद्योग बाणिज्य संघको अधिवेशन जेठमा

फागुन ६ गते । उद्योग बाणिज्य संघ खैरहनीको पाँचौ अधिवेशन आगामी जेष्ठ अन्तिम साता हुने भएको छ । संघको पछिल्लो वैठकले १० औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन आगामी जेष्ठ २६ र २७ गते गर्ने निर्णय भएको संघका महासचिव कुमार खनालले जानकारी दिए । अधिवशेनमा मताधिकार प्रयोगका लागि यही फागुन २६ गते भित्र नयाँ सदस्यता दर्ता गर्न आह्वान गर्ने समेत वैठकले निर्णय गरेको छ । त्यस्तै आगामी जेष्ठ १६ गते भित्र सदस्यता नविकरण गर्न मिति तोकिएको महासचिव खनालले वताए । अधिवेशनले निवर्तमान अध्यक्ष वाहेक २१ सदस्यीय कार्यसमिति चयन गर्नेछ । उद्योग वाणिज्य संघको वर्तमान विधान अनुसार अध्यक्ष,प्रथम उपाध्यक्ष,द्धितिय उपाध्यक्ष,तृतिय उपाध्यक्ष,महासचिव र कोषाध्यक्ष तथा अरु सदस्य रहने प्रावधान छ ।