सानो भर्‍याङबाट १० लाख मास्कसहित एकजना पक्राउ

सानो भर्‍याङबाट १० लाख मास्कसहित एकजना पक्राउ

काठमाडौं,५ चैत्र ।

काठमाडौंको सानो भर्‍याङबाट १० लाख मास्कसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले युवराज न्यौपानेले सञ्‍चालन गरेको दीप ओभरसिज् ट्रेर्डसबाट उक्त परिमाणमा मास्क बरामद गरेको हो ।

पछिल्लो समय प्रहरीले मास्क कालोबजारीविरुद्धको अपरेसन सञ्‍चालन गर्दै आएको छ ।

यसअघि पनि प्रहरीले काठमाडौंबाट करिब १० लाखभन्दा बढी मास्क बरामद गरेको थियो ।