सौराहामा पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा १ जना पक्राउ

सौराहामा पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा १ जना पक्राउ

रत्ननगर, ५ चैत्र ।

चितवनको सौराहामा विदेशी महिला पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा ईलाका प्रहरी कार्यालय टाँडीले एक जनालाई पक्राउ गरेको छ ।

सौराहाको सिता सोभीनीयर कपडा पसलमा यही चैत्र ३ गते कपडा किन्न गएकी वेलायती महीलालाई यौनाङ्ग देखाएको आरोपमा रत्ननगर ६ बछौलीका २१ वर्षीय सुनिल परियारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर)शेखरकुमार शाहाले जानकारी दिनु भएको छ ।

पक्राउ परेका परियारलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२२ बमोजिम सार्वजनीक स्थानमा यौनाङ्ग देखाउन नहुने अन्र्तगत म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी निरीक्षक शाहले वताए ।