सबै शैक्षिक संस्थाको पठनपाठन चैत ३० गते सम्म बन्द

सबै शैक्षिक संस्थाको पठनपाठन चैत ३० गते सम्म बन्द

काठमाडौं,५ चैत्र ।

सरकारले कोरोना भाइरसविरुद्धको पूर्वतयारीका लागि चैत ३० गतेसम्म विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ,“२०७६ चैत ६ गतेदेखि सञ्चालन हुन गइरहेको एसईई परीक्षा प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित एवं व्यवस्थित रुपमा सम्पन्न गर्ने । तर बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने ।”