जिल्ला सहकारी संंघ चितवनमा पौडेलको नेतृत्व

जिल्ला सहकारी संंघ चितवनमा पौडेलको नेतृत्व

चितवन,५  चैत ।

जिल्ला सहकारी संघ चितवनको अध्यक्षमा हरिप्रसाद पौडेल चयन भएका छन् । संघको बुधवार भएको विषेश साधारण सभाले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा भक्तिराम अधिकारी,उपाध्यक्षमा प्रेमनाथ दुवाडी,सचिवमा तुलसी प्रसाद घिमिरे,कोषाध्यक्षमा शरदकुमार वर्तौला र सहसचिवमा रामेश्वर पौडेल चयन भएका छन् ।

१९ सदस्यीय कार्यसमितिको सदस्यहरुमा भगवती पौडेल,कविता न्यौपाने,दिव्या शर्मा आचार्य,सुशिला उप्रेती,खिलाराज रेग्मी,विष्णु प्रसाद वास्तोला,भक्तवहादुर कुँवर,तेजप्रसाद सेढाई,विष्णु आचार्य,देवेन्द्र गुरुङ,हरिहर सुवेदी,निरन्जन सुवेदी र वालकुमार श्रेष्ठ रहेका छन् । लेखा सुपरिवेक्षण समिति संयोजकमा चेतप्रसाद सेढाई सदस्यहरुमा कृष्ण प्रसाद तिवारी र शैलजा घिमिरेलाई चयन गरिएको छ ।