राप्तीमा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता, वडामा आवतजावतमा रोक

राप्तीमा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता, वडामा आवतजावतमा रोक

चितवन , ६ बैशाख। 
चितवनको राप्ती नगरपालिकामा एकै परिवारको दुईजनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपाइएको छ । राप्तीको वडा नम्बर ८ का दुईजनामा शुक्रबार कोरोना भाइरस भएको पुष्टि भएको थियो । संक्रमित आमा छोरा हुन् । उनीहरु बेलायतबाट चैत ३ गते नेपाल आएका थिए ।

संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त वडामा आवातजावतमा रोक लगाउने तयारी गरेको छ । वडाका मुख्य चोक चोकमा सुरक्षाकर्मी परिचालन गर्न लागिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् । त्यस्तै संक्रमितहरुसँग सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइन राखिने भएको छ । सोहि वडामा छुट्टै क्वारेनटाइन निर्माण गरिने मेयर बरालले बताइन् । क्वारेनटाइनमा बस्नेहरुलाई खाना लगायतको सुविधको लागि र उनीहरुसँग सम्पर्क भएका व्यक्तीहरुको टे«सिङ गर्न समितिनै बनाएर काम अगाडी बढाइएको मेयर बरालले बताइन् ।