चितवनका संक्रमितसँग सम्पर्कमा आएका ११ जनाको पहिचान

चितवनका  संक्रमितसँग सम्पर्कमा आएका ११ जनाको पहिचान

चितवन ,६ वैशाख ।

चितवनको राप्ती नगरपालिका–८ का कोरोना भाइरस (कोभिड–१९) संंक्रमण देखिएको आमाछोराको सम्पर्कमा आएको तीन परिवारलाई क्वारेन्टाइनमा राखिने भएको छ । राप्तीको वडा नम्बर ८ का दुईजनामा शुक्रबार कोरोना भाइरस भएको पुष्टि भएको थियो । संक्रमित आमा छोरा हुन् । उनीहरु बेलायतबाट चैत ३ गते नेपाल आएका थिए । उनीहरुको कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।

जनस्वास्थ्य प्रमुख चितवन दीपकबाबु तिवारीका अनुसार नजिकको सम्पर्कमा रहेको तीन परिवारको पहिचान गरिएको छ । ‘उहाँहरु ११ जना हुनुहुन्छ’ उनले भनेका छन्, ‘आज आरडीटी चेक गर्छौ । र, क्वारेन्टाइनमा राख्छौं ।’ सम्पर्कमा आएको २० दिन पुरा नभएकाहरुलाई क्वारेन्टाइनमा राखिने उनले बताए ।