राप्ती कोरोना संक्रमित: आफन्तको र्यापिट टेष्ट,सवै नेगेटिभ

राप्ती कोरोना संक्रमित: आफन्तको र्यापिट टेष्ट,सवै नेगेटिभ

चितवन,६ वैशाख ।

चितवनको राप्ती नगरपालिका ८ का दुई जनामा कोरोना सक्रमण देखिएपछि उनीहरुको सम्र्पकमा रहेकाहरुको तथ्यांक लिन सुरु गरिएको छ । उनीहरु काठमाडौदेखी घर सम्म आउँदा प्रयोग गरिएको साधनदेखी ,उनीहरुले हात मिलाएका,उनीहरुले दिएको चकलेट खाएका,संगै वसेर खाजा खाएका लगायत सवैको तथ्यांक लिने काम सुरु भएको हो । राप्ती नगरपालिकामा शनिवार वसेको वैठकले वडा सदस्य एवंम् न्यायिक समिति सदस्य पूर्ण आचार्यको संयोजकत्वमा तथ्यांक संकलन समिति वनाएको थियो । प्रारम्भमा आफन्त,छरछिमेकमा ति सवैको कुराको खोजी गरि तथ्यांक उतार्न खटिएको समिति संयोजक आचार्यले वताए ।

तथ्यांक खोज्ने क्रममा उनीहरु आएको साधनका बारे कुरा वाझिएको छ । काठमाडौदेखी सिमलटाँडी सम्म माईक्रोमा आएपनि त्यहाँबाट घर सम्म कुन साधनमा गएको भन्ने बारे खुलेको छैन् । भरतपुर अस्पतालमा रहेका सक्रमितसंगको भेटपछि मात्रै त्यो खुल्ने संयोजक आचार्यले वताए । शनिवारनै संक्रमितका आफन्तहरुको र्यापिट टेष्ट पनि गरिएको छ । छोरी ज्वाई लगायत ८ जनाको परिक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको राप्ती नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख राममणी सिलवालले वताए । शनिवार आफन्तको परिक्षण गरिएकोमा आईतवारदेखी दायरा वढाएर अन्यको पनि परिक्षण गरिने उनले वताए ।

केही दिन अघि राप्ती नगरपालिकाले गरेको र्यापिट टेष्टका क्रममा दुई जनामा रिक्याक्टिभ देखिएपछि भरतपुर कोरोना प्रयोगशाला पठाईएको थियो । त्यहाँ रिपोर्ट शंकास्पद आएपछि काठमाठौ पठाईयो । काठमाडौमा पनि रिपोर्ट पोजेटिभ देखिएको हो । सक्रमित ति आमा छोराहरु अहिले भरतपुर अस्पतालको आईसोलेसनमा रहेका छन् । उनीहरु चैत ३ गते नेपाल आएकोमा ५ गते चितवन आएका थिए । संक्रमितहरुको सम्पर्कमा रहेकाहरुलाई क्वारेनटाईमा राख्नु पर्ने भएकाले व्रह्मनगर माध्यमिक विद्यालयमा क्वारेटाईन वनाईएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले वताईन् । प्रमुख बरालका अनुसार सो वडा छिर्ने नाकाहरुमा कडाई गरिएको छ ।