चितवनका कोरोना संक्रमित काठमाडौंबाट माइक्रोमा आएको खुलासा

चितवनका कोरोना संक्रमित काठमाडौंबाट माइक्रोमा आएको खुलासा

चितवन , ६ बैशाख।
चितवनमा भेटिएका दुईजना कोरोना संक्रमित काठमाडौंबाट माइक्रोमा चितवन आएको खुलेको छ । चैत ३ गते बेलायतबाट काठमाडौं आएका उनीहरु ४ गते काठमाडौंमै बसेर ५ गते दिउँसो कलंकीबाट माइक्रोमा चितवन आएको खुलेको हो ।

उनीहरुको प्रारम्भीक ट्रेसिङको क्रममा संक्रमित दुईजना र उनकै परिवारका एकजना गरि तिनजना काठमाडौंबाटसँगै चितवन आएका प्रारम्भिक रुपमा खुलेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए ।

संक्रमितहरुले आफूले ल्याएको चकलेट गाँउमा वितरण गरेको समेत खुलेको छ । त्यस्तै संक्रमित युवा जिम सेन्टर गएको र गाँउघरमा समेत हिडडुल गरेकोे स्थानियलाई उदिृत गर्दै नगरपालिकाद्धारा गठित तथ्याङ्क उपसमितीका संयोजक पूर्ण आचार्यले जानकारी दिए ।