रत्ननगर महोत्सवको चित्रकला ,मूर्तिकलामा प्रियंका प्रथम

रत्ननगर महोत्सवको चित्रकला ,मूर्तिकलामा प्रियंका प्रथम

माघ ५ गते ।

रत्ननगर महोत्सवमा आयोजित चित्रकला तथा मूर्तिकला प्रतियोगितामा प्रियंका चौधरी प्रथम भएकी छिन् । प्रतियोगितामा विश्व श्रेष्ठ द्धितिय र कृष्ण लामा तृतिय भए । अन्जु गुरुङ र अभिषेश श्रेष्ठले सान्त्वना स्थान हासिल गरेको चित्रकला तथा मूर्तिकला प्रतियोगिताका संयोजक कविन घिमिरेले जानकारी दिए ।

विजेताहरुलाई रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवंम् महोत्सवका संयोजक राजाराम रेग्मी,वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,प्रतियोगिताका संयोजक कविन घिमिरेले नगदसहित प्रमाण पत्रले पुरस्कृत गरे ।

प्रतियोगिताको निर्णायकमा योगेश खनाल,राजेश कुमार अग्रवाल र दामोदर वराल रहेका थिए । रत्ननगर महोत्सवको अवसर पारेर विभिन्न प्रतियोगिताहरु आयोजना गरिएका छन् । महोत्सवको १० औं आईतवार चर्चित पप गायिका तृष्णा गुरुङ लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।