केराबाट वनेका परिकार चाख्न रत्ननगर महोत्सव जाऔं ।

केराबाट वनेका परिकार चाख्न रत्ननगर महोत्सव जाऔं ।

माघ ५ गते ।

चितवनको टिकौली चौरमा जारी रत्ननगर महोत्सवस्थलमै केराको वगैचा वनाईएको छ । सोही वगैंचाको दुई तर्फ केराका परिकार पाईने स्टल रहेका छन् । चितवन केरा उत्पादक संघले मार्कण्य केरा उत्पादक कृषि सहकारी संस्थाको सहयोगमा केराका परिकार पाईने स्टल राखेको छ ।

चितवन केरा उत्पादक संघका महासचिव बेदप्रसाद भट्टराईका अनुसार स्टलमा केराबाट वनाईएको म.म., चिप्स,बुंगाको अचार,पकौडा,केराको कोसाबाट वनाईएको अचार विक्रीका लागि राखिएको छ । ति परिकारको प्रति प्लेट एक सय रुपैया पर्दछ । यसको स्वाद लिईसकेकाले पनि खाने गरेको भन्दै महासचिव भट्टराईले पहिलो पटक खाएकाले स्वादिलो रहेको प्रतिक्रिया दिने गरेकोे वताए ।

महोत्सवलमा आएकाहरु कतिपयले दोहोर्याएर केराका परिकार खाने गरेको उनको भनाई छ । भट्टराईका अनुसार राष्ट्रिय कलाकार आएको वेला शनिवार र सोमवार एकै दिन १ लाख ३० हजार सम्मको कारोवार भएको छ । अन्य दिन ८० हजारको हाराहारीमा केराका परिकार विक्री हुने गरेको छ । केराको स्टलमा चितवन केरा उत्पादक संघ र मार्कण्य केरा उत्पादक संघका पदाधिकारी ५ जना आफै खटिरहेका छन् भने १७ जना कर्मचारी ज्यालादारीमा राखिएको छ । उनीहरुलाई काम अनुसार ८ सयदेखी २ हजार रुपैया सम्म दैनिक ज्याला दिने गरेको महासचिव भट्टराईले वताए ।