रत्ननगर जेसिजको अध्यक्षमा अधिकारी ,कार्यसमितिमा नै असन्तुष्टि

रत्ननगर जेसिजको अध्यक्षमा अधिकारी ,कार्यसमितिमा नै असन्तुष्टि

चितवन ,५ माघ ।

रत्ननगर जेसिजको वर्ष २०२० का लागि नयाँ कार्यसमिति चयन भएको छ । आईतवार रत्ननगर स्थित लायन्स फुडल्याण्डमा भएको वार्षिक साधारण सभाले प्रदिप अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जेसिजको कार्यकारीणी उपाध्यक्षमा हेमराज आचार्य र बाबुराम परियार,महासचिवमा अमित गुप्ता,कोषाध्यक्षमा सविन मानन्धर,उपाध्यक्षहरुमा किरण लामिछाने,विपिन्द्र घिमिरे,सुमन पौडेल र सुमन सुवेदी रहेका छन् । त्यस्तै निर्देशकहरुमा वैभव लामिछाने,असिम गिरी,सुरेशजंग पाण्डे र हरिकुमार श्रेष्ठ , सहसचिवमा ज्योति भट्ट,सहकोषाध्यक्षमा अजय गुप्ता चयन भएका छन् । तालिम निर्देशकमा सन्तोष दुवाडी,प्रकरण निर्देशकमा राजेन्द्र धमला,शाखा सम्पादकमा उपेन्द्र आचार्य र जनसम्पर्क अधिकृतमा रामप्रसाद पाण्डे चयन भएका छन् ।

नयाँ चयन भएको कार्यसमितिमा असन्तुष्टि देखिएको छ । महासचिव अमित गुप्ता ,सह सचिब ज्योति भट्ट लगायतको टोलिले नयाँ गठन भएको कार्यसमिति प्रती सामाजिक संजालमा नै असन्तुष्टि व्यक्त गर्दै पदमा नबस्ने जनाएका छन् ।