पछिल्लाे २४ घण्टामा २१०३ कोरोना संक्रमित थपिए, देशभर सक्रिय २८,१०६ संक्रमित

काठमाडौं, ४ मंसिर ।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ८०५ नमुना परीक्षण गर्दा थप २ हजार १०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार हालसम्म देशभरमा सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

पछिल्लो २४ घण्टामा २८ सय ५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या १ हजार २७६ पुगेको छ।