चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै

चितवनमा कोरोनाका सक्रिय संक्रमितको संख्या घट्दै

चितवन, ४ मङ्सिर ।

चितवनमा पछिल्लो हप्ता सक्रिय संक्रमितको संख्या घट्दै गएको छ । कार्तिक २६ गते चितवनमा सक्रिय संक्रमितको संख्या एक हजार ५४२ थियो भने आज बिहिबार सम्म सक्रिय संक्रमितको संख्या एक हजार १०९ रहेको छ । पछिल्लो २४ घण्टामा ३१ जना संक्रमित निको भएर घर गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
हाल सक्रिय रहेका एक हजार १०९ जनामध्ये ९९३ जना होम आइसोलेसनमा छन् भने ११६ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् । चितवनमा हालसम्म पाँच हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म चार हजार १८९ जना संक्रमित निको भएर घर गएका छन् । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहिबार सम्म ८५ पुगेको छ ।