कृषि क्रान्तिको सहि समय

प्रकाश उप्रेती
चितवन,४ पुष ।

हे युवा दस्ता हो । क्रान्ति पहिला कुनै मिति मा निर्धारण हुने कुरा होइन ।यो त तत्कालीन घटना परिवेश र शदाब्दी देखि को दमन को अन्त्य को लागि त्यही समय को युवा पुस्ता ले नेक्तृत्व गरेर परिवर्तन गर्ने कुरा हो ।जुन परिवर्तन ले समाज लाई नया दिशा तर्फ लग्दछ भने समाज बिकास मा नया कोर्स को सुरुवात हुनेछ जहाँ सबै को जित हुनेछ भने निम्न बर्ग को अवाज सबै तिर पुग्दछ ।
हो आज त्यही समय हामी लाई आएको छ । प्रत्यक्ष वा अप्रत्यक्ष रुप मा ८० प्रतिशत नेपाली कृषि मा आधारित रहेको देश मा सबै कृषक को अवस्था सरकार बाहेक हामी सबै लाई सर्बबितितै छ । यहि अवस्था मा राजधानी स्थित माइतीघर मण्डला मा झरी रहेको आँसु नै नेपाली कृषि क्रान्ति को अधार हुनेछ ।
माइतीघर मण्डला मा पुरानो लुगा ,केहि सपना ,परिवार को जिम्मेवारी र साहु को ऋण सहित यो चिसो समय मा मेरो पैसा दे दे भनेर आफ्नो अधिकार मागी रहेको ती कृषक बुवा आमा हरु ले देश भर को कृषक को प्रतिनिधित्व गरिरहेका छन । यो घटना ले कृषक को अवस्था मात्र होइन सरकार को कृषि प्रती को नाङ्गो नाच नेपाल मा मात्र होइन विश्व भर का मानव ले देखि रहेका छन ।
गुलियो चिनी भित्र को अमिलो पसिना र नुनिलो चिनी लाई हामी सबै नेपाली ले अनुभुती गरि रहेका छौ । उखु किसान को मुल्य दिलाउने मात्र होइन यो समयको धरातल मा टेकेर नेपाल मा कृषि क्रान्ति आवश्यक छ छ युवा दस्ता हो ।यो नै हाम्रो लागि अनुकुल समय हो
यो घटना ले नेपाल को कृषि अवस्था र कृषक को अवस्था ऐनाले जस्तो छर्लङ्ग पारिदिएको छ । उत्पादित सामान ले मुल्य नपाउने , बजार नपाउने र बिक्री भए पछि पैसा नपाउने र अरु देश को खाद्य सामाग्री को मूल्य सग हामीले प्रतिस्पर्धा गर्ने नसक्नु हाम्रो मुख्य समस्या हो। यो समस्या दीर्घकालीन रुपमा समाधान गरि कृषक को मुहार मा परिवर्तन ल्याउने र कृषि क्रान्ति गर्ने सहि समय हो अब उठौ , जाग्यौ आफ्नो आफ्नो ठाँउ बाट दबाब सिर्जना गरौ । भएन भने सडक बाट नै खबरदारी गरौ तर क्रान्ति गरौ कृषक माथी को दमन अन्त गर्न लगाऔ ।
प्रकाश उप्रेती
चितवन नेपाल