रियल मड्रिड तथा बार्यन म्युनिखलाई पनि च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्नसक्ने

रियल मड्रिड तथा बार्यन म्युनिखलाई पनि च्याम्पियन्स लिगमा प्रतिबन्ध लाग्नसक्ने

एजेन्सी,७ फागुन ।

स्पेनिस क्लब रियल मड्रिड तथा जर्मन क्लब बार्यन म्युनिखलाई पनि युईएफएले प्रतिबन्ध लगाउनसक्ने समाचार प्रकाशित भएको छ । इंग्लिस क्लब म्यान्चेस्टर सिटीलाई प्रतिबन्ध लागेको केही समयपछि नै रियल तथा बार्यनले पनि उक्त प्रतिबन्ध खेप्नुपर्ने समाचार प्रकाशित भएको हो ।

‘द एथ्लेटिक’को लागि म्याट स्लाटरले खेलेको एक लेखमा स्पेनिस र जर्मन क्लबले इंग्लिस क्लबमाथि प्रतिबन्ध लगाउनुपर्ने भनेर युईएफएलाई दबाब दिएको उल्लेख छ । फ्रान्सेली क्लब पीएसजीविरुद्ध पनि आर्थिक गतिबिधिको बारेमा प्रश्न उठेको थियो । उसले फाइनान्सियल फेयर प्ले विपरित खेलाडी अनुबन्ध गरेको कुराको जवाफ दिनु परेको थियो । तर, पीएसजीको बारेमा युईएफले कुनै पनि निर्णय गरेको छैन ।

सिटीविरुद्ध चाँही यति चाँडै निर्णय गर्ने तर, अन्य क्लबसवरुद्ध भने फाइनान्सियल फेयर कमिटी चुप लागेको बसेको भन्दै विरोध प्रदर्शन भइरहेको छ ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिवलासहितको टोलीले बैठक बसेर निर्णय चित्त नबुझेको भन्दै पुनरावेदन गर्ने भएका छन् । युईएफएले शुक्रबार सिटीलाई कारबाही गरेसँगै शनिबार बसेको आकस्मिक बैठकले पुनरावेदन गर्ने जनाएको हो । सिटीको पुनरावेदनको निर्णयले अन्य क्लबहरु पनि कारबाहीमा पर्ने देखिएको हो ।