कर्मचारी परिवर्तन हुन जरुरी – मन्त्री लामा

कर्मचारी परिवर्तन हुन जरुरी – मन्त्री लामा

फागुन ७ गते । बागमती प्रदेशका भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कर्मचारीहरुलाई परिवर्तन भएर काम गर्न आग्रह गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा राप्ती नगरपालिकाले बुधवार आयोजना गरेको कार्यक्रममा मन्त्री लामाले मुलुकमा आमुल परिवर्तन आएपनि कर्मचारीहरुको काम गर्ने शैली उस्तै रहेको वताए । मन्त्री लामाले समयानुकुल काम गर्न कर्मचारीलाई निर्देशन समेत दिए । राप्ती नगरपालिका प्रमुख प्रभा बरालले जनताको आकांक्षा अनुसार नगरपालिकाले काम गरिरहेको वताईन् । उनले आवश्यकतालाई प्राथमिकता दिएर काम भईरहेको समेत वनाईन् । सो अवसरमा राप्ती २ का युवा वैज्ञानिक सरोज प्रजालाई सम्मान समेत गरिएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले वताए । कार्यक्रममा राप्ती नगरपालिका उपप्रमुख इमानसिंह लामा,नगरमा क्रियाशिल राजनितिक दलका प्रमुख एवम प्रतिनिधी,सहकारीका प्रतिनिधी,नागरीक समाज,समाजसेवीहरुको उपस्थिती रहेको थियो ।