
चितवन,६ चैत्र ।
चितवनको भरतपुरमा ७२ घण्टामै ‘कोरोना विशेष अस्पताल’ तयार भएको छ । मंगलबार भरतपुर महानगरपालिकाले ७२ घन्टामा अस्पताल तयार हुने जानकारी गराएको थियो ।
आइसोलेसन वार्डसहितको ७० बेडको कोरोना अस्पताल तयार भएको हो । भरतपुरस्थित उद्योग वाणिज्य संघको प्रदर्शनी हलमा कोरोना विशेष अस्पताल तयार पारिएको हो ।
भरतपुर महानगरपालिकाको विशेष पहलमा चितवनका उद्योगी, व्यापारी, नागरिक अगुवा, बौद्धिक समुह, चिकित्सकहरु, सुरक्षा निकायले अस्पताल निर्माणमा योगदान गरेका छन् ।