तनहुँमा मादक पदार्थ सेवन गर्नेलाई १५ सय र बेचवबिखन गरे १ हजार जरिवान

तनहुँमा मादक पदार्थ सेवन गर्नेलाई १५ सय र बेचवबिखन गरे १ हजार जरिवान

तनहुँ,६ चैत्र ।

जिल्लाको देवघाट गाउँपालिकाले हरेक टोल,टोलमा निर्धारण गरिएको समय भन्दा बाहिर मदिरा बेचबिखन गर्नेहरुका लागि एक हजार रुपैयाँ जरिवाना तोकेको छ । साथै मदिरा सेवन गर्नेहरुलाई १५ सय रुपैयाँ जरिवार तोकेको गाउँपालिकाले जनाएको छ।

देवघाट गाउँपालिकाका प्रत्येक वडाहरुमा मदिरा निषेधित क्षेत्र धोषणा गर्ने निर्णय अनुरुप वडा नम्बर ३ भित्र रहेका टोल बिकास सस्थाले मदिरा बेचबिखनमा लापरवाही हुन थालेपछि त्यसलाई नियन्त्रण गर्ने उद्देश्यको साथ दुई वटा टोल बिकास समितिको संयुक्त भेला गरी साँझा ६ बजे देखि ९ बजेसम्म मात्र बेचबिखन गर्न पाइने निर्णय गरेको छ । तोकिए समय भन्दा बाहिर बेचबिखन गरेमा बेच्नेलाई १ हजार रुपैयाँ र सेवन गर्नेलाई १५ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरिएको छ।

देवघाट गाउँपालिका अन्तर्गत लुहुङ्ग्रीङ्ग टोल बिकास संस्था र क्राङ्गस्वार टोल बिकास सस्थाको संयुत्त भेलाले उक्त निर्णय गरेको देवघाट गाँउपालिकाका अध्यक्ष दुर्गाबहादुर आलेले आफ्नो घरमा आउने पाहुना लाई स्वागत गर्दा जाँडरक्सीले नभै दुध, दही, मोही, कफी, चिया र फलफूल,मकै र भट्टा ,गुन्द्रुक मेवाले स्वागत गर्न सुहाउने समय आएको अध्यक्ष थापाले बताए ।