नेपाल टेलिकमको रिङव्याक टोनमा नै कोरोना भाइरसको सन्देश

नेपाल  टेलिकमको  रिङव्याक टोनमा नै कोरोना भाइरसको सन्देश

काठमाडौं,६ चैत्र

नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको फोनमा कोरोना सचेतना सामग्रीलाई कलर ट्युनका रुपमा बजाउन थालेको छ ।

आजबाट दिउँसोबाट यो सचेतनाका लागि सुरु गरिएको हो । अब नेपाल टेलिकमका मोबाइल नम्बरमा फोन गर्दा कल गर्ने व्यक्तिले कोरोना भाइरस संक्रमणसम्बन्धी सचेतना जानकारी पाउने छन् ।