कोरोना त्रास – शनिबारदेखि मनकामना केवलकार बन्द

कोरोना त्रास – शनिबारदेखि मनकामना केवलकार बन्द

चितवन,६ चैत ।

कोरोना भाइरसको संक्रमणको सजगताका लागि शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द हुने भएको छ।
आज बिहिबार सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रा. लि. ले जानकारी दिएको छ ।

कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थका अनुसार कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको हो ।

अब मनकामना केवलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ ।
पछिल्लो केही दिन यता केवलकारमा यात्रा गर्न आउने घटेका थिए।