कोरोनाको त्रास : चैत १३ गतेसम्म प्रतिनिधिसभाको बैठक स्थगित

कोरोनाको त्रास : चैत १३ गतेसम्म प्रतिनिधिसभाको बैठक  स्थगित

काठमाडौं, ६ चैत्र ।

प्रतिनिधिसभाको बैठक एक साता पर सरको छ। कोरोनाभाइरसको जोखिमका कारण बैठक सारिएको प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकरी दिए।

बैठक शुक्रबारका लागि डाकिएको थियो। सभामुख अग्नि सापकोटाले कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे र प्रतिनिधिसभामा रहेका दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

प्रतिनिधिसभाको बैठक सूचनामार्फत् चैत १३ सम्मका लागि सारिएको हो।

दलहरूले प्रतिनिधिसभाको बैठक नराख्न सरकारलाई सुझाएका थिए।

यसअघि प्रतिनिधिसभाको राज्य व्यवस्था समिति बैठक पनि कोरोनाको त्रासलाई देखाउँदै स्थगित भएको थियो।

राष्ट्रियसभा बैठक भने भोलि १ बजे बस्दैछ। बैठक भोलिपछि अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने तयारी अध्यक्ष गणेश तिमिल्सिनाको छ।