कोरोना त्रास – खैरहनीको कार्यपालिका वैठक समेत स्थगित

कोरोना त्रास – खैरहनीको कार्यपालिका वैठक समेत स्थगित

चितवन,६ चैत ।

खैरहनी नगरपालिकाले संभावित कोरोनाको जोखिमबाट वच्न सर्तकता अपनाएको छ । नगरमा सेवा लिन आउने सेवाग्राही र यहाँ कार्यरत कर्मचारीहरुमा सक्रमण हुन नदिन सर्तकता अपनाएको नगरपालिकाले जनाएको छ । सेवा लिन आएका सेवाग्राही र कर्मचारी तथा जनप्रतिनिधीहरुलाई अनिवार्य सेनिटाईजर प्रयोग गर्नु पर्ने व्यवस्था मिलाएको नगरपालिका प्रमुख लालमणी चौधरीले वताए । कार्यालयमा काम लिएर आएका सेवाग्राहीलाई पालो पालो गरेर कोठामा प्रवेश गर्न दिईएको छ ।

नगर प्रमुख देखी विषयगत शाखामा एक पटकमा वढिमा दुई जनालाई प्रवेश गर्ने व्यवस्था मिलाईएको छ । सेवाग्राही,कर्मचारी र स्वयम जनप्रतिनिधी कोरोनाबाट सचेत हुनुपर्छ नगर प्रमुख चौधरीले भने – नगरपालिका आउने सवैमा विहीवारदेखी रोगको जोखिम हुन नदिन सर्तकता अपनाईएको छ । नगरपालिकाले कार्यालयमै सेनिटाईजर वनाएको छ । स्प्रीड र गिलसिरीन मिसाएर सेनिटाईज वनाएर प्रयोगमा ल्याईएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीले वताए ।

वजारमा सेनिटाईजरको अभाव भएपछि नगरपालिका आफैले कार्यालयमा उपलव्ध श्रोतबाट प्रयोगमा ल्याएको अधिकारीले वताए । संघीय सरकारको निर्देशन वमोजिम चैत महिना भरीका पूर्व निर्धारित कार्यक्रम समेत स्थगीत गरिएका छन् । शुक्रवारका लागि तय भएको कार्यपालिका वैठक समेत स्थगित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले वताए । जनप्रतिनिधी,प्रमुख प्रशासकीय अधिकृत,स्थानीय शिक्षा अधिकारी,प्रशासकीय अधिकृत गरि कुल २५ जना भन्दा वढि संख्या हुने भएपछि कार्यपालिका वैठक तत्कालका लागि स्थगित गरिएको शर्माले जानकारी दिए । आपतकालिन अवस्थामा वैठक वस्नु पर्ने भएर कुनै उपाय अवलम्वन गरेर वैठक वस्न सकिने नगर प्रमुख चौधरीले वताए