भारतमा कोरोना: चार जनाको मृत्यु‚ ६५ वर्षमाथिका मानिसलाई घर बाहिर ननिस्कन आग्रह

भारतमा कोरोना: चार जनाको मृत्यु‚ ६५ वर्षमाथिका मानिसलाई घर बाहिर ननिस्कन आग्रह

नयाँ दिल्ली,६ चैत्र ।

कोरोना भाइरसका कारण छिमेकी देश भारतमा चार जनाको मृत्यु भएको छ। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पञ्जाव राज्यमा एक बिरामीको मृत्यु भएको हो।

हालसम्म भारतमा १८० कोरोना संक्रमित बिरामी भेटिएका छन्। हालसम्म उपचारबाट निको भएर १५ जना घर फर्किएका छन्। हाल महाराष्ट्रमा मात्र ४९ जना कोरोना भाइरस संक्रमित बिरामी फेला परेका छन्। यसबाहेक आन्द्र प्रदेशमा २, दिल्लीमा १०, हरियाणामा १७, कर्नाटकमा १४, केरलामा २७‚ राजस्थानमा ७, तेलंगनामा १३ जम्मु कश्मिरमा ४ बिरामी भेटिएका छन्।

हालसम्म नभेटिएको लद्दाखमा ८ नयाँ बिरामी फेला परेका छन्। इरानाबाट धार्मिक भ्रमण गरेर फर्केका व्यक्तिबाट लद्दाखमा कोरोना संक्रमण भएको पाइएको छ।

सबै अन्तर्राष्ट्रिय उडानमा रोक

भारत सरकारले सबै अन्तर्राष्ट्रिय व्यवसायी यात्री विमानलाई भारत आउन रोक लगाएको छ। २२ मार्चसम्मका लागि विमान आउन रोक लगाएको हो।

६५ वर्षमाथिका सबैलाई घरबाहिर ननिस्कन आग्रह

भारत सरकारले कोरोनाको उच्च जोखिम रहेका ६५ वर्षमाथिका उमेरका मानिसहरुलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ। त्यस्तै १० वर्षभन्दा कम उमेरका मानिसलाई पनि घरमा राख्न सरकारले आग्रह गरेको छ। केन्द्र सरकारले रेल र हवाईजहाजमा कम्पनीहरुलाई बिरामी, विद्यार्थी अपाङ्गबाहेक सबै प्रकारका यात्रु रद्द गर्न आग्रह गरेको छ।