निसासले ल्यायो नयाँ पल्सर बाईक

निसासले ल्यायो नयाँ पल्सर बाईक

चैत ६ गते । चितवनमा पल्सर १२५ सिसिको मोटरसाईक वजारमा आएको छ । रत्ननगरको निसास मोटर्ससहित पर्साको आर्शिवाद अटोमोवाईल्स र नारायणगढको नारायणी मोटर्सले १२५ सीसीको पल्सर मोटरसाइकल बिहीबारदेखि बिक्री सुरु गरेका हुन् । निसास मोटर्समा एक कार्यक्रमका बीच रत्ननगर नगरपालिका वडा नं १० का वडाध्यक्ष केशव आचार्य र निसास मोटर्सका सञ्चालक संजिव थापाले नयाँ मोटरसाइकलको सार्वजनिक गरे । फोर स्ट्रक इन्जिनमा उपलब्ध १२५ सीसीको पल्सरले प्रति लिटर पेट्रोलले ५५ किलोमिटर माइलेज दिने सञ्चालक थापाले बताए । मोटरसाइकलमा एन्टी स्कीड ब्रेक सिस्टम भएकाले पछाडिको ब्रेक लगाउँदा अगाडिको ब्रेक आफै लाग्ने थापाको भनाइ छ ।

मोटरसाइकलमा पाँच गियर क्षमता रहेकाले पाँचौ गियरमा आरमदायी यात्रा गर्न सकिने उनको भनाइ छ । कम्पनीले मोटरसाइकलको खरिदमा विभिन्न उपहार योजना समेत ल्याएको छ । मोटरसाइकलको खरिदमा नगद १० हजार छुटको व्यवस्था गरिएको छ । त्यस्तै, बजाज कम्पनीका जुन सुकै मोटरसाइकलको खरिदमा हरेक दिन लक्की ड्र मार्फत सामसुङ कम्पनीको एलसीडी टीभी, वासिङ मेसिन, मोबाइललगायतका उपहारहरु प्रदान गरिने थापाले बताए ।