कोरोना पछिल्लो अपडेट :मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ?

काठमाडौं,७ वैशाख

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या झन् बढेको छ । संक्रमणबाट विश्वभर १ लाख ६० हजार बढीको मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार आइतवार बिहानसम्म विश्वभरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार८१८ पुगेको छ भने कोरोना संक्रमितको संख्या २३ लाख ३३  हजार २४० पुगेको छ । त्यस्तै विश्वभर कोरोना संक्रमित भएका ६ लाख  ३१८ जना निको भई घर फर्किसकेका छन् ।

विश्वभरका देशहरुमा कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी लगायतका ठुला देशहरुमा परेको छ । यस्तै विश्वभरमै सबैभन्दा बढी प्रभाव परेको अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३९ हजार १५ पुगेको छ भने संक्रमितको संख्या ७ लाख ३८ हजार ९२३ जना पुगेको छ ।

त्यस्तै स्पेनमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या २० हजार ६ सय ३९ पुगेको छ भने संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय १६ पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ हजार २ सय २७ पुगेको छ भने संक्रमितको संख्या १ लाख ७५ हजार ९ सय २५ पुगेको छ ।

https://www.worldometers.info/coronavirus/