बंगालमा ७८ वर्षीया बुवाले मास्क नलगाएको भन्दै गरे छोराको हत्या

बंगालमा ७८ वर्षीया बुवाले मास्क नलगाएको भन्दै  गरे छोराको हत्या

कोलकाता,७ वैशाख

भारतको पश्‍चिम बंगालमा ७८ वर्षीया बाबुले मास्क नलगाएको भन्दै छोराको हत्या गरेका छन्।

शनिबार साँझ ७ बजे श्‍यामपुकुरले ४५ वर्षीय छोरालाई कपडाले थिचेर मारेको प्रहरी समक्ष बयान दिएका छन्।

उनको छोरा सधैँ मास्क बिनै घर बाहिर निस्कने गर्थे। तर बुवाले पटक-पटक सम्झाउँदा पनि नमानेपछि उ‍नले छोरालाई कपडाले थिचेर मारेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन्।