कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जना पक्राउ

कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जना पक्राउ

कपिलवस्तु,७ वैशाख

कपिलवस्तुमा मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुले जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ७ धुपहीस्थित मस्जिदमा नमाज पढदै गरेका १४ जनालाई आइतबार दिउसो १ बजे पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दीपशमसेर राणाले बारम्बार अहिलेको अवस्थामा जम्मा नहुन भन्दा पनि अटेर गरेपछि पक्राउ गरिएको लोकान्तरलाई जानकारी दिए ।

ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्

उनीहरुलाई सबै कपिलवस्तुकै नागरिक भएको प्रहरीको भनाइ छ । उनीहरुलाई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको छ ।

प्रहरीले मस्जिदहरुमा निगरानी बढाएको छ । कपिलवस्तुमा एक जना पाकिस्तानी नागरिक पनि फेला परेका छन् ।

उनलाई क्वारेन्टाइनमा राखिएको राणाले जानकारी दिए । उनी तीन महिना अगाडि कपिलवस्तु आएको बताइएको छ ।