कैलालीका युवकले १६ दिनमा कोरोनालाई जितेर फर्किए घर

कैलालीका युवकले १६ दिनमा कोरोनालाई  जितेर फर्किए घर

धनगढी,७ वैशाख

कैलालीका कोरोना संक्रमित एक युवा आज अस्पतालबाट डिस्चार्ज भएका छन्। लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय युवकले १६ दिन अस्पताल बसाईमा कोरोनालाई जितेर घर फर्किएका हुन्।

उनलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र अस्पतालका डाक्टरहरुले फुल दिएर बिदा गरेका छन्। उनी एम्बुलेन्समा चढेर अस्पतालबाट घर फर्केका हुन्।

गत चैत ११ गते राती कैलालीको गौरीफन्टा नाका भएर भारतको मुम्बईबाट घर फर्किएका थिए। १२ गते विहान घर पुगेका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो।

त्यसको १५ औं दिनमा उनको दोस्रो र त्यसको २४ घण्टामा गरिएको तेस्रो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख डा। जगदीश जोशीले बताए।

डिस्चार्ज भएपछि ती युवाले कोरोना जित्न आत्मविश्वास र हिम्मत चाहिने बताए। ुनिडरका साथ उपचारमा बसे कोराना जित्न सकिने रहेछ भन्ने मैले बुझेँ,’ उनले भने। आफूलाई पनि कुनै लक्षण नै नदेखिएकाले कोरोना संक्रमणबाट निको हुन्छु भन्नेमा आफू सुरुवातबाटै पूर्ण विश्वस्त रहेको उनको भनाई थियो।

उनी डिस्चार्ज भएसँगै अब सेतीमा चार जना संक्रमितको उपचार भइरहेको छ। चारै जनाको पछिल्लो रिपोर्ट भने पोजेटिभ नै आएको छ।