खैरहनीका मेडिकलहरुद्धारा नगरपालिका र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

खैरहनीका मेडिकलहरुद्धारा नगरपालिका र प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

चितवन , ७ बैशाख।
पूर्वीचितवनको खैरहनी नगरपालिकाभित्र रहेका पोलिक्लिनिक , मेडिकल तथा औषधी पसलहरुले खैरहनी नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । खैरहनी क्षेत्रका १० वटा औषधी पसलहरुले नगरपालिकालाई आज करिब ३० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

औषधी व्यवसायीहरुले ८ सय थान सर्जिकल मास्क तथा ग्लोबस , सेनिटाइजर ५० थान , सिटामोल , साइनेक्स २५०, बान्डेज , कटन लगायतको सामाग्री खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै उनीहरुले प्रहरीलाई समेत स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । इलाका प्रहरी कार्यालय खैरहनीलाई २ सय पिस ग्लोबस् , एक सय पिस मास्क , सेनिटाइजर प्रदान गरेको मेगा पोलिक्लिनिकका संचालक विनोद नेपालले जानकारी दिए ।

खैरहनी क्षेत्रमा रहेका चौधरी पोलिक्लिनिक, मेगा पोलिक्लिनिक, केयर पोलिक्लिनिक , पवन पोलिक्लिनिक , सेवा क्लिनिक , उत्तम हेल्थ क्लिनिक , राजेश फार्मेसी ,लेडिजा फार्मेसी , पर्सा मेडिकल र खैरहनी हेल्थ क्लिनिकले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका थिए ।