सुटिङमा फर्किए हलिउड अभिनेता ड्वेन जोनसोन

सुटिङमा फर्किए हलिउड अभिनेता ड्वेन जोनसोन

काठमाडौँ, ४ असोज

हलिउड अभिनेता ड्वेन जोनसोन काेराेनामुक्त भए पछि आफ्नो काममा फर्किएका छन् । पछिल्लो समय उनीसहित उनको परिवारलाई नै कोरोना संक्रमण भएको थियो ।

उनी नेट्फ्लिक्स फिल्म ‘रेड नोटिस’को छायांकनमा फर्किएका छन् । उनले मास्क र फेससिल्ड लगाएको तस्बिर छायांकनस्थलबाट नै इन्स्टाग्राममा सार्वजनिक गरेका हुन ।

‘विश्व परिवर्तन भएको छ र हाम्रा केही प्रकिया पनि । हामी फिल्म रेड नोटिसको छायांकनमा फर्केका छौं ।’ जोनसोनले क्याप्सनमा लेखेका छ्न । फिल्म २०२१ मा प्रदर्शनमा आउने बताइएको छ ।