मंगलवार ३ हजार ९३ जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या ९६ हजार नाघ्यो

मंगलवार ३ हजार ९३ जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या ९६ हजार नाघ्यो

काठमाडौं,४ कात्तिक ।

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत  पछिल्लो २४ घण्टामा थप २ हजार १०८ कोरोना संक्रमित निको भएको जानकारी दिए। योसँगै निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको प्रवक्ता गौतमले बताए। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ। त्यस्तै संस्थागत आइसोलेसनमा रहनेको संख्या १३ हजार ५५९ रहेको छ। यस्तै ४ हजार २२० जना क्वारेन्टिनमा रहेका छन्।

पछिल्लो २४ घण्टामा थप १३ हजार ८६१ पीसीआर परीक्षण भएसँगै अहिलेसम्म भएको परीक्षणको संख्या १३ लाख १४ हजार ७७९ हजार पुगेको छ।

थप ८ जनाको कोरोनाका कारण ज्यान गएसँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७६५ पुगेको मन्त्रालयले जनाएको छ ।