पर्सा खैरहनी जेसिजको पद हस्तान्तरण,कविरले सम्हाले नेतृत्व

पर्सा खैरहनी जेसिजको पद हस्तान्तरण,कविरले सम्हाले नेतृत्व

माघ ६ गते । पर्सा खैरहनी जेसिजको वर्ष २०२० को नयाँ टिमलाई पद हस्तान्तरण गरिएको छ । सोमवार एक कार्यक्रमका बीच वर्ष २०१९ का अध्यक्ष शंकर कडेंलले वर्ष २०२० का अध्यक्ष कविर श्रेष्ठलाई पद हस्तान्तरण गरे । नेपाली काग्रेशका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरेको थियो । सोही अवसरमा पर्सा खैरहनी जुनियर जेसिजको समेत पदस्थापन गरिएको थियो । वर्ष २०१९ का अध्यक्ष कल्याण वास्कोटाले वर्ष २०२० का अध्यक्ष कृषार पाठकलाई पद हस्तान्तरण गरे । वर्ष २०२० को नयाँ टिमलाई सपथ ग्रहण समेत गराईएको छ ।

कार्यक्रममा पूर्व अध्यक्षहरु केशव पाठक, गुणराज श्रेष्ठ,प्रदिप पाठक,घनश्याम भुषाल,रामबाबु खराल,वलराम भट्टराई,पारश शर्मालाई सम्मान गरिएको थियो । साथै उत्कृष्ठ लेडिज जेसिज अवार्ड सिम्रन श्रेष्ठ , उत्कृष्ठ कार्यक्रम संयोजक धर्मराज उप्रेती, उत्कृष्ठ जेसिज अवार्ड विवेक न्यौपानेलाई प्रदान गरियो । वर्ष २०१९ का अध्यक्ष शंकर कडेंलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसिजका पूर्व अध्यक्ष दिनेश कोईराला,नेपाली काग्रेश जिल्ला सभापति जीतनारायण श्रेष्ठ, नेकपाका नेताहरु ,नेपाली काग्रेशका नेताहरु, खैरहनीका वडाध्यक्षहरु लगायतको उपस्थिती रहेको थियो ।