चितवनमा आर्थिक बर्ष ०७७/७८ को कार्तिक मसान्तसम्म १३ प्रतिशत पुंजिगत खर्च

चितवनमा आर्थिक बर्ष ०७७/७८ को कार्तिक मसान्तसम्म १३ प्रतिशत पुंजिगत खर्च

चितवन,५ मङ्सिर ।

चितवनमा चालु आर्थिक बर्ष ०७७÷७८ को कार्तिक मसान्तसम्म केन्द्रिय बजेटको १३ प्रतिशत पुंजिगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका अनुसार चार महिनामा केन्द्रिय पुंजिगत बजेटबाट ७० करोड ९७ लाख ३० हजार ४ सय ८५ रुपैयाँ खर्च भएको छ ।
यस अनुसार अबको आठ महिनामा ८७ प्रतिशत अर्थात् चार अर्ब ६९ करोड २५ लाख ४७ हजार रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । चितवनको लागि चालु आवमा ५ अर्ब ४० करोड २२ लाख ७७ हजार रुपैयाँ पुंजिगत बजेट आएको थियो ।
चालु आवको पहिलो चार महिनामा प्रदेश सरकारको जम्मा ७ प्रतिशत मात्रै पुंजिगत खर्च भएको छ । प्रदेशबाट प्राप्त १ अर्ब ४८ करोड ८५ लाख १६ हजार रुपैयाँ पुंजिगत बजेट मध्ये कार्तिक मसान्तसम्म ११ करोड ६० लाख ९१ हजार ३८९ रुपैयाँ खर्च भएको कोष तथा लेखा कार्यालय चितवनका प्रमुख कोष नियन्त्रक महेन्द्र प्रसाद भण्डारीले जानकारी दिए । आवको पहिलो चौमासिकको अवधिमा एकदमै न्युन पुंजिगत खर्च हुँदा यस बर्ष पनि अन्तिमतिर मात्रै पूर्वाधार निर्माणका कामले तिव्रता पाउने आँकलन गरिएको छ ।