बाल अधिकार दिवसमा पम्प्लेट बितरण र माइकिङ

बाल अधिकार दिवसमा पम्प्लेट बितरण र माइकिङ

चितवन , ५  मंसिर   ।

बाल अधिकार दिवसको अवसरमा रत्ननगर उद्योग बाणिज्य संघले सचेतनामुलक कार्यक्रम गरेको छ । शुक्रवार परेको दिवसको अवसरमा रत्ननगर नगरपालिकाको १६ वटै वडामा जन्म दर्ता, बाल विवाह र बालश्रम सम्बन्धि सचेतनामूलक कार्यक्रम गरिएको हो ।

रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहकार्यमा रत्ननगर उद्योग वाणिज्य संघले बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रम संचालन गरिरहेको छ ।
नगरको सम्पुर्ण वडामा जन्म दर्ता, बाल विवाह र बालश्रम सम्बन्धि सचेतनामुलक माईकिङ्ग गरिनुका साथै विभिन्न बिपन्न बस्तीमा पम्प्लेट, पोष्टर तथा स्टिकर बितरण गरिएको थियो । संघले बाल श्रमिक ब्यवस्थापन, पारिवारिक पुर्नमिलन, आय आर्जनमा सहयोग, शैक्षिक सहयोग तथा १५ देखि १८ सम्मका विद्यालय नजाने बालबालिकालाई सिपमुलक तालिम जस्ता कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्दै आईरहेको छ ।