अख्तियारको प्रमुख आयुक्तमा प्रेम राई सिफारिस

अख्तियारको प्रमुख आयुक्तमा प्रेम राई सिफारिस

 काठमाडौँ ,५ पुष।

संवैधानक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पूर्व सचिव प्रेमलाई सिफारिस गरेको पाइएको छ।

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गतेको बसेको परिषदको बेठकले राईलाई प्रमुख आयुक्तमाप सिफारिस गरेको पाइएको हो।

उक्त निर्णय योप्य राखिए पनि केहीबेर अघि संसद सुनुवाइका लागि संसद सचिवालयमा संवैधानिक परिषद्को पत्र पुगेको छ। तर पत्र पुग्दा नपुग्दै सरकारको सिफारिसमा प्रतिनिसभा विघटन भइसकेको छ।

जसले गर्दा अब सुनुवाइ विनै नियुक्तिका लागि ४५ दिनपछि बाटो खुलेको छ। राईसँगै अरु केही व्यक्तिलाई पनि आयोगमा सिफारिस गरिएको स्रोतको दाबी छ।