सामूहिक राजीनामा दिने ५ जना मन्त्रीको तयारी

सामूहिक राजीनामा दिने  ५ जना मन्त्रीको तयारी

काठमाडौँ,५ पुष ।

प्रधानमन्त्री के पी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि यसको पार्टीभित्रैबाट व्यापक विरोध भएको छ । त्यस्तै मन्त्रीपरिषद्का सदस्यहरु समेतले आक्रोश पोखेका छन् । ओलीको कदमको विरोध गर्दै मन्त्रिपरिषदका ५ जना सदस्यले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

 

उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ ।

 

उता सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच भएको छलफल सकिएको छ । प्रधानमन्त्री ओलीले गरेको संसद विघटन प्रस्तावको सशक्त प्रतिकार गर्ने प्रचण्ड माधव नेपाल समुहले निर्णय गरेको छ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद विघटनको प्रस्ताव फिर्ता लिन दबाब दिने निष्कर्ष निकालिएको बताइएको छ । साथै प्रस्ताव पारित भएमा पछि आइपर्ने चुनौतीप्रति सामना गर्न समेत तयार रहनुपर्ने वैठकले निर्णय गरेको छ ।

 

खुमलटारमा बसेको बैठकमा प्रधानमन्त्रीको कदमको चर्को विरोध भएको बताइएको छ ।