४६२० जनाको पीसीआर परीक्षण गर्दा ५८८ जना कोरोना संक्रमित थपिए,११ जना को मृत्यु

४६२० जनाको पीसीआर परीक्षण गर्दा ५८८ जना कोरोना संक्रमित थपिए,११ जना को मृत्यु

काठमाडौ,५ पुष ।

आइतबार नेपालमा ५ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको  छ ।देशभर ४६२० जनाको पीसीआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार ३२० रहेको छ ।

पछिल्लो २४ घण्टामा १०९७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४३ हजार ६६४ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालका कोरोनाका कारण १ हजार ७८८ जनाको मृत्यु भएको छ ।

यस्तै हालसम्म ४२१ जना क्वारेन्टिनमा रहेका छन् ।